सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गैरकानुनी रुपमा नेपाली श्रमिकको श्रम गन्तव्य कवुेतमा बस्दै आएका ९६ विदेशी नागरिक पक्राउ
भर्खरै

गैरकानुनी रुपमा नेपाली श्रमिकको श्रम गन्तव्य कवुेतमा बस्दै आएका ९६ विदेशी नागरिक पक्राउ

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

दोहा । नेपाली श्रमिकको श्रम गन्तव्यका रुपमा रहेको कुवेतमा भिसाको म्याद सकिएका तथा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिकलाई पक्राउ गरिएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले शान्ति सुरक्षा कायम राख्न, देशमा कानून र व्यवस्था लागू गर्न त्यहाँको ब्निएद अल(गर क्षेत्रमा चलाएको अभियानमा आवासीय भिसाको म्याद सकिएर गैरकानूनी रुपमा लुकीछिपी बसेका ९६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्ये ३७ जनाको भिसाको म्याद समाप्त भएको, ३ जना फरार सूचीमा रहेको, ५५ जना त्यहाँको कानून उल्लंघन गरी बसेको

अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय