मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • च्याम्पियन्स लीगमा चेल्सीको संघर्षपूर्ण विजयी शुरुवात
भर्खरै

च्याम्पियन्स लीगमा चेल्सीको संघर्षपूर्ण विजयी शुरुवात

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

च्याम्पियन्स लीग फुटबलमा साविक विजेता चेल्सीले विजयी शुरुवात गरेको छ ।

च्याम्पियन्स लीग अन्तर्गत गएराति चेल्सीले जेनिथ सेन्ट पिटर्सवर्गमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा समूह एच को खेलमा चेल्सीको जितमा रोमेलु लुकाकुको एकमात्र गोल नै निर्णायक रह्यो ।

उनले ६९ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनी यसै सिजन इन्टर मिलानबाट लुकाकु चेल्सी आएका हुन् । यही समूहको अर्को खेलमा युभेन्ट्सले माल्मोलाई ३० ले हरायो ।

त्यस्तै समूह ई को खेलमा बार्सिलोना आफ्नै मैदानमा पराजित

भएको छ । बायर्न म्युनिखले बार्सिलोनालाई ३–० गोलले हराएको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई र थोमस मुलरले एक गोल गरे ।

उता यही समूहको अर्को खेलमा डाइनामो किभ र बेन्फिकाले गोलरहित बराबरी खेले ।

त्यस्तै समूह एफ मा योङ ब्वाइजले म्यानचेष्टर युनाइटेडलाई २–१ ले हराउँदा एट्लान्टा र भिल्लारियाले २–२ गोलको बराबरी खेले । यसै सिजन युनाइटेड आएका क्रिष्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय