बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु
भर्खरै

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु गर्दैछ ।

कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि विस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको बोर्डले जनाइएको छ । यसअघि साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले

अन्तिम समयमा आएर स्थगित गरेको थियो ।

यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा विद्यार्थीलाई आफूले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ ।

आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले दिनुभयो । यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय