शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अर्थमन्त्रीले भने केही दिन सरकारको खर्च रोकिन सक्छ
भर्खरै

अर्थमन्त्रीले भने केही दिन सरकारको खर्च रोकिन सक्छ

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

काठमाडौं । सरकारले नियमित प्रक्रियाबाट बजेट पारित गर्ने नीति लिएको छ । जेठ १५ गते अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुनेछ । मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए ।‘कर उठाउने विशेष व्यवस्था छ । त्यस अनुसार कर उठाउन सकिन्छ, ५र७ दिन खर्च नहुन पनि सक्छ,

रोक्नुपर्ने अवस्था आयो भने रोकिन पनि सक्छ’ उनले भने ।

तर पेश्की खर्च नगर्ने मन्त्री शर्माले बताए । ‘पेश्की खर्च हुँदैन, अध्यादेश पनि आउँदैन, विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ’ उनले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय