• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, अशोज २, २०७८ | Saturday 18th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल सेवाप्रदायकको लाइन काटिने
भर्खरै

पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल सेवाप्रदायकको लाइन काटिने

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरुलाई भाडा सम्झौता गर्न आउन आगामी १५ असोजसम्मको समयसीमा दिएको छ ।

केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भए बमोजिम जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेश गरी नविकरण नगरेको, परिमार्जित भाडा दर भुक्तानी गर्न अनाकानी, वक्यौता नतिरेको जनाउँदै प्राधिकरणले सार्वजनिक सूचनामार्फत तत्काल सम्झौता गर्न आग्रह गरेको हो ।१५ असोजभित्र सम्झौता गर्न नआउने सेवा प्रदायकले प्राधिकरणको पोलमा जडान

Real Shoes 1

गरेको तार, अप्टिकल फाइबर तथा अन्य उपकरणहरु जुनसुकै बेला हटाउन सकिने र यसबाट निस्कने परिणामको जिम्मेबार सम्बन्धित सेवा प्रदायक नै हुने छ ।

प्राधिकरणको संरचना प्रयोग गरी आफ्नो सेवा विस्तार गर्दै उपभोक्ताबाट महशुल उठाउने गरेका छन् । तर,केही सेवा प्रदायकहरुले संरचना प्रयोग गरेबापतको भाडा तिर्न अस्विकार गर्दै आएका छन् । यसका कारण प्राधिकरणले आफ्नो आम्दानी गुमाइरहेको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले मंगलबार सूचना जारी गर्दै नियमअनुसार सम्झौता गर्न, नविकरण गर्न र हालसम्मको बाँकी बक्यौता रहेको भाडादर भुक्तानी गरिदिन सेवा प्रदायकहरुलाई पुनः आग्रह गरेको छ । सेवा प्रदायकहरुले प्राधिकरणका कारण इन्टरनेट सेवा बन्द हुन लागेको भन्दै उपभोक्तालाई त्रास देखाइरहेका छन् ।

सेवा प्रदायकहरुले प्राधिकरणको देशभरी रहेको विद्युत वितरण पोलहरु, प्रसारण लाइनका टावररपोल प्रयोग गरी र प्रसारण लाइन टावरमा जडित अप्टिकल फाइबर भाडामा लिई सहरदेखि दुर्गम गाउँसम्म इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन विस्तार गर्दे आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउँदै आएका छन् ।

प्राधिकरणले सम्झौता र नविकरण नगर्ने, बक्यौता नतिर्ने सेवा प्रदायकलाई आफ्ना विद्युतीय संरचना प्रयोग गरी नयाँ सेवा विस्तार गर्न रोक लगाउने र पोलमा जडान गरिएको तार तथा उपकरणहरु हटाउने अभियान सुरु गर्ने जानकारी गराएको छ ।

प्राधिकरणले पटक(पटक सूचना जारी गर्दै नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न र गरिएको पाइएमासेवा प्रदायहरुले विद्युतीय संरचनाहरुमा जडान गरेको अप्टिकल फाइवर तथा अन्य उपकरणहरु हटाउन, लाइन विस्तार गर्ने क्रममा प्रयोग हुने उपकरण एवं सामग्रीहरु जफत गर्न बाध्य हुने बताउँदै आएको छ ।

प्राधिकरणले सहरी सौन्दर्यताको अभिबृद्धि गर्न ‘उज्यालो र सफा सहर’ अभियान कार्यान्वयनमा ल्याएको छ । यसअन्तर्गत विद्युतको पोलहरुमा गुजुल्टिएर रहेका विभिन्न सेवा प्रदायकहरुको तारलाई हटाएर व्यवस्थित गर्ने रहेको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • ३६ मिनेट अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • ५0 मिनेट अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • १ hour अघि
हिपत खबर
भर्खरै
मुसिकोट नगरपालिकाका मेयर सापकोटाले भने – अब मेयरमा दोहोरिने इच्छा छैन् , पार्टीको जिम्मेवारी लिन्छु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले आगामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका छन् । सिधादृष्टिसंगको क्षंक्षिप्त कुराकानीका क्रम्मा आगाामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका हुन् । नगरप्रमुखको लागि निर्वाचित सापकोटाले अब नेकपा एमालेको जिल्ला अध्यक्ष भएर

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पुर्नगठनको तयारी

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ ।

ललितपुरस्थित च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बस्ने सचिवालय बैठकले नेतृत्व पुनर्गठन गर्न लागेको हो ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय

  • ४ घन्टा अघि