बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने
भर्खरै

गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

काठमाडौं । गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने भएको छ ।

आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

सेप्टेम्बर १७ (असोज १) देखि आन्तरिक हवाइ सेवा सुचारु गर्ने र यसको लागि टिकट बुकिङ समेत खुलिसकेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा विक्री प्रमुख प्रज्वल थापाले जानकारी दिए ।

उनका अनुसार सुरुवातमा काठमाडौबाट पोखरा र भरतपुर (चितवन)मा जहाज उड्नेछ । त्यसको केही

दिनपछी सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरमा उडान बिस्तार गर्ने तयारी कम्पनीले गरेको छ ।

बडादशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिने तयारीमा रहेको थापाले बताए । कम्पनीले प्रतिस्पर्धी मूल्यमा टिकट बेच्ने समेत जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय