सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाए
भर्खरै

जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाए

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

बुटवल । लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन गरिएको पुष्टी गरेको छ । साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुंदा त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक

जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त भएका थिए ।

ती मध्ये जसपाका रायमाझी र ढेंगा तथा स्वतन्त्र सांसद शाही विना विभागीय मन्त्री नियुक्त भएका थिए । यसअघि मुख्यमन्त्री केसीले शाहीलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

अब बन्ने मन्त्रीहरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन÷तीनजना मन्त्री र एक–एकजना राज्यमन्त्री नियुक्त गर्ने सहमति भएको छ । तर दुवै पार्टीमा आकांक्षी धेरै जना हुँदा मन्त्री छान्न सकस भएको छ । मन्त्रीको टुंगो नलाग्दा मुख्यमन्त्री केसीले अहिले पनि ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय