बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पदलोलुपले एमाले पार्टी फुटाएको रावलको आरोप
भर्खरै

पदलोलुपले एमाले पार्टी फुटाएको रावलको आरोप

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताएका छन् । देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको उनको आरोप छ ।

पार्टी विभाजनपछि पहिलो पटक धनगढी आएका नेता रावलले धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे ।‘पार्टीको केन्द्रीय उपाध्यक्ष, सुदूरपश्चिमको समन्वय कमिटीको संयोजकको हैसियतले एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेका कमरेडहरुलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् अब,’

रावलले भने, ‘सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’

नेता रावलले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको दाबी गर्दै अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको बताए ।

मंगलबार महेन्द्रनगर पुगेर एमालेका अर्का नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउँदै रावलसँग कुनै मतभेद नरहेको प्रतिक्रिया दिएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय