सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • १४ सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने एमालेको अडान, अवरोध छिचोल्दै विधेयक पास गर्ने सरकारको तयारी
भर्खरै

१४ सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने एमालेको अडान, अवरोध छिचोल्दै विधेयक पास गर्ने सरकारको तयारी

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021
cGt/f{li6«o xjfO{ kl/jxg dxf;lGw cg’df]bg ;:s[lt, ko{6g tyf gful/s p88ogdGqL /jLGb|k|;fb clwsf/Ln] k|ltlglw;efsf] laxLaf/sf] a}7sdf cGt/f{li6«o xjfO{ kl/jxg ljifos lgod PsLs/0f ug{] ;DaGwdf Joj:yf ePsf] dxf;lGwnfO{ g]kfn ;/sf/n] cfˆgf] xsdf :ki6 u/]sf] 3f]if0ff;lxt cg’df]bg ul/of]; egL k|:t’t u/]sf] k|:tfj kfl/t ub}{ ;f+;b . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ । कारबाही गरिएका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने भएको छ ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएको छ ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ रहँदै आएको छ ।

‘एमालेको निर्णयअनुसार १४ सांसदलाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यी दुईवटा सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहनेछ ।’

उनका अनुसार सर्वदलीय बैठकमा दलहरूले दिएको सुझावलाई पनि सभामुख सापकोटाले स्वीकार गरेका छैनन् ।‘हिजो सर्वदलीय बैठकमा दलहरूले दिएको सुझाव पनि उहाँले स्वीकार गर्नु भएको छैन, अहिलेसम्म एमालेसँग उहाँले संवाद बढाउनु भएको छैन्,’ भट्टराईले भने, ‘संवाद र छलफलबाट उहाँ भागिरहनु भएको छ, सभामुख भएर प्रतिपक्षीसँग पदीय जिम्मेवारी पूरा गर्नु भएको छैन ।’

संवैधानिक र कानुनी रुपमा दिइएको पदीय जिम्मेवारी पूरा नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहने उनको भनाइ छ ।

अवरोध छिचोलेरै बजेटको प्रतिस्थापन विधेयक पास गर्ने तयारी

आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सरकारी पक्षले भने अवरोध छिचोलेरै बजेटको प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरेको छ ।सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले थपघट गरेको छ ।

तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय