बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु
भर्खरै

बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।बाघको आक्रमणमा परेर मृत्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र

प्रहरी घटनास्थालमा पुगेको थियो । मृतक गाँभरगाउँको एक होटममा भाडा माझ्ने काम गर्दै आएको तर उनको नाम, थर पहिचान अझै प्रहरीले गर्न नसकेको प्रमुख साहको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय