सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रतिबन्धित लागुऔषधसहित २ जना प्रक्राउ
भर्खरै

प्रतिबन्धित लागुऔषधसहित २ जना प्रक्राउ

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

सिरहा । सिरहामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोलबाजर नपा ४ शिवचौकस्थित रुमभाडा लिएर औषधि पसल चलाउँदै आएका पसल सञ्चालक ४६ वर्षीय जगदिश कुमार साह र ४३ वर्षीय दिलीप कुमार साहलाई प्रहरीले बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित पक्राउ गरेको हो । दुबै अभियुक्त दाजुभाई हुन् ।इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरुले चलाइरहेको औषधि पसल र घरबाट लागुऔषध बरामद गरेको

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई लागुऔषध कारोवार मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु करिब २० वर्षदेखि गोलबजारमा प्रतिबन्धित लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय