सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नआएपनि बिनानिस्कर्ष टुंगियो , एमालेसंग संवाद गरी फेरी बैठक बोलाउन सुझाव
भर्खरै

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नआएपनि बिनानिस्कर्ष टुंगियो , एमालेसंग संवाद गरी फेरी बैठक बोलाउन सुझाव

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लागतार संसद् अवरोध गरेपछि सो विषयमा छलफल गर्न सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिस्कर्ष सकिएको छ । एमाले नै बैठकमा अनुपस्थित भएपछि कुनै निस्कर्ष नआएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

जोसँग सम्बन्धित विषय हो उही बैठकमा नाआएपछि कुनै निस्कर्ष नआएको उनले बताइन् । उनका अनुसार दलहरुले एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बोलाउन दलहरुले सभामुखलाई सुझाव दिएका छन् ।दलहरुले एमालेसँग सम्वाद गर्न सुझाव दिएपछि सोमबार बिहान पनि

एमाले नेताहरुसँग आफूले कुरा गरेको तर सफल नभएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका थिए । सोमबार बिहान सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईसँग कुरा गरेका थिए । तर, एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टास गर्नुपर्ने वा राजीनामा दिनुपर्ने सर्त राखेको थियो ।

सर्वदलीय बैठकमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बिहान आफूले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुरा गरेको जानकारी गराएका थिए ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ । एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा भदौ १ गते दिएको थियो । तर, सभामुख सापकोटाले सो विषयमा अध्ययन भइरहेको भनिरहँदा भदौ ९ मा माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन गरेर नेकपा ९एकीकृत समाजवादी०ले वैधता पाएको थियो ।
यही विषयलाई लिएर एमालेले सर्वोच्चमासमेत रिट दायर गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय