बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • डडेल्धुराको वडा अधिवेशन स्वीकार गर्ने पौडेल पक्षको निर्णय, पुन अधिवेशन गर्न माग
भर्खरै

डडेल्धुराको वडा अधिवेशन स्वीकार गर्ने पौडेल पक्षको निर्णय, पुन अधिवेशन गर्न माग

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट नेताहरुको सोमबार बसेको बैठकले डडेल्धुरामा यही भदौ २५ गते भएको वडा अधिवेशन अस्वीकार्य गर्ने निस्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले बलपूर्वक प्रशासनको दूरुपयोग गरेर गरिएको वडा अधिवेशन अमान्य भएको बताए । पौडेल समूहले जारी गरेको विज्ञप्तिमा डडेल्धुरा वडा अधिवेशन बलपूर्वक गरिएको भन्दै आपत्ति प्रकट गरिएको

छ ।

पार्टीको जिल्ला कार्य समितिले वडा अधिवेशन नगर्ने निर्णय गरे पनि सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गराएका थिए । जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यको नाम काटिएको र केन्द्रबाट थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने निर्णय गरेका थिए ।

वरिष्ठ नेता पौडेल समूहले सभापति देउवालाई भेटेरै वडा अधिवेशन रोक्न माग गरेको थियो । तर, प्रहरीको परिचालन गरी वडा अधिवेशन सम्पन्न गरिएको थियो । सो अधिवेशनलाई मान्यता नदिइ पुनः अधिवेशन गराउन पौडेल समूहले माग गरेको छ ।

पौडेल समूहले सुनसरीलगायतका जिल्लामा पनि प्रशासनको दुरुपयोग गरिएको भन्दै कांग्रेसको इतिहासमै यसरी प्रशासनको दुरुपयोग नभएको भन्दै लाजमर्दो भएको टिप्पणी गरेको छ । अझै २० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै नेतृत्वको आलोचना गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय