सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हुण्डी कारोबारमा संलग्न व्यक्ति पाँच लाख रुपैयाँसहित पक्राउ
भर्खरै

हुण्डी कारोबारमा संलग्न व्यक्ति पाँच लाख रुपैयाँसहित पक्राउ

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

काठमाडौँ । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेको हो ।

टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।वीरगञ्जका अन्सारीले हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाएको पाइएको प्रहरीको दाबी छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय