बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदै, सात हजार जना सहभागी हुने
भर्खरै

इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदै, सात हजार जना सहभागी हुने

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

काठमाडौँ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ ।

काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि एक हजार जनाको माग गरेपछि सरकारले मापदण्ड तय गरेर परीक्षा लिएको हो ।इजरायल जानका लागि ७ सय महिला र

३ सय जना पुरुष छनोट हुनेछन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय