सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उत्तरकोरियाद्वारा लामो दूरीमा मार हान्न सक्ने मिसाईलको परीक्षण, अमेरिकाको चिन्ता
भर्खरै

उत्तरकोरियाद्वारा लामो दूरीमा मार हान्न सक्ने मिसाईलको परीक्षण, अमेरिकाको चिन्ता

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

एजेन्सी । उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने मिसाईल परीक्षण गरेको छ ।

प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः आणविक होड देखाएको हो ।

उत्तर कोरियाको पछिल्लो परीक्षणलेछिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा निम्त्याएको अमेरिकाले टिप्पणी गरेको छ ।

‘उत्तरको पछिल्लो गतिविधिले उसले आफ्नो सैन्य कार्यक्रमलाई निरन्तर विकास गरेको र छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई खतरा निम्त्याएको देखिन्छ,’ अमेरिकी हिन्द–प्रशान्त

कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मिसाइल परीक्षण सफल भएको र यसले उत्तरलाई शत्रुबिरुद्ध लड्ने अर्को प्रभावकारी कवच प्रदान गरेको प्योङयाङको दाबी छ । मिसाइल परीक्षणलाई उत्तर कोरियाले ‘ठूलो महत्व राख्ने रणनीतिक हतियार’ भनेको छ ।विज्ञहरुका अनुसार उत्तरको पछिल्लो परीक्षणले उसको आणविक हतियार प्रविधिमा थप प्रगति भएको देखाउछ । उत्तरको मिसालइलले दक्षिण कोरिया र जापानको प्रतिरक्षा प्रणाली छिचोल्न सक्ने उनीहरुको अनुमान छ ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार प्योङयाङले शनिबार र आईतबार सो परीक्षण गरेको थियो । सो मिसाईल १५ सय किलोमिटर दूरी पार गरी उत्तर र दक्षिणको सीमानजिकको खसेको थियो ।

उत्तरका प्रतिबन्धलाई लिएर प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय