बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दै,क्रियाशील सदस्यता विवादबारे छलफल गर्ने
भर्खरै

नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दै,क्रियाशील सदस्यता विवादबारे छलफल गर्ने

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

काठमाडौं । नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल गर्ने तयारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा जबरजस्ती वडा अधिवेशन गराइएको तथा २० जिल्लामा भएको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै पौडेल समूह छलफलमा बस्न लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण १८ भदौ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको

छ । ५६ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ ।डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको थियो ।

अधिवेशनमा भएको विवाद र क्रियाशीलता विवाद नहुँदा महाधिवेशनको मूल मितिमै प्रभाव पार्न सक्ने भएकाले तत्काल समस्या समाधान गर्न पौडेल समूहले सभापति देउबालाई दबाब दिने तयारी गरेको छ ।कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय