शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै
भर्खरै

नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको छ ।

मनसुन सकिन दुई साता मात्र बाँकी रहँदा झरी पर्ने क्रम बन्द भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।

अज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।भोलि मुलुकका

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार राति भने प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय