मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु
भर्खरै

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।’ मृतकहरूमध्ये पाँच जना छन् ।

.

यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी वषर्ाका कारण

ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।

सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय