सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा ३ जना पक्राउ
भर्खरै

अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा ३ जना पक्राउ

  • सिधा दृष्टी आइतवार, भदौ २७, २०७८ | September 12, 2021

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर पक्राउ परेका हुन् ।

आपराधिक लाभ लिन खोजेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले अस्पतालका एक डाक्टरलाई फोन गरी धम्क्याएर पैसा मागेका थिए ।

परिवारलाई सुरक्षित राख्न मन भए तीन करोड रुपैयाँ लिएर नागढुंगा आउनु भनेका थिए ।

आशिषले अस्पतालको तेस्रो तलाको शौचालयमा बम राखेको बताएका थिए। सेनाको डिस्पोजल टोलीले बम भनिएको शंकास्पद वस्तु नष्ट गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय