सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल र बंगलादेशबीचको महिला फूटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा
भर्खरै

नेपाल र बंगलादेशबीचको महिला फूटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा

  • सिधा दृष्टी आइतवार, भदौ २७, २०७८ | September 12, 2021

काठमाडौं । नेपाल र बंगलादेशका महिला फूटबल टोलीले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछन् ।

नेपाली राष्ट्रिय महिला फूटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ ले विजयी भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपरान्ह ५ बजे शुरु हुनेछ।

महिला एसियन कप–२०२२ छनोट नेपाल समूह एफ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र

हङकङ छन् । उज्वेकिस्तानको जेएआर रंगशालामा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको शुरुवात गर्नेछ।

नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय