मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमा रादुकानुलाई महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि
भर्खरै

एमा रादुकानुलाई महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि

  • सिधा दृष्टी आइतवार, भदौ २७, २०७८ | September 12, 2021

न्यूयोर्क । महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि बेलायतकी किशोरी एमा रादुकानुले उचालेकी छन् ।

न्यूयोर्कमा सम्पन्न उपाधि भिडन्तमा १८ वर्षकी रादुकानुले १९ वर्षीया क्यानेडियन किशोरी लेह फर्नान्डेजलाई २–० को सेटमा हराउँदै पहिलो ग्राण्डस्लाम जितेकी हुन् । उनले पहिलो सेट ६–४ र अर्को सेट ६–३ ले जितेकी हुन् ।

यससँगै बेलायतले ४४ वर्षपछि कुनै पनि ग्राण्डस्लामको महिला एकलतर्फको उपाधि पनि जितेको छ ।

यसअघि सन् १९ सय ७७ मा बेलायतकी भर्जिनिया वेडले बेलायतका लागि विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन् ।

जितपछि बेलायती महाराजी एलिजाबेथले द्बितिया एक विज्ञप्तीमार्फत उनलाई बधाई तथा शुभकामना दिएकी छिन् ।

उता पुरुष एकलतर्फको उपाधिका लागि आज शीर्ष वरियताका सर्बियाका नोभाक जोकोभिच र दोस्रो वरियताका रुसका डानिल मेदभेदेव भिड्ने छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय