• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, अशोज २, २०७८ | Saturday 18th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
भर्खरै

भाइरल ज्वरोको समस्या बढ्दै

  • सिधा दृष्टी आइतवार, भदौ २७, २०७८ | September 12, 2021

कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ ।

उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण हुने त्रासका बीच देखिन थालेको भाइरल ज्वरोको समस्याले थप सास्ती देखिएको धनगढी उपमहानगरपालिकाका मोहन पाण्डेयले बताउनुभयो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मौसम परिवर्त भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारार्थ आउने गरेको जानकारी दिनुभयो । ‘‘भाइरल ज्वरो होकी अन्य ब्यक्टिेरियलका बिरामी

Real Shoes 1

हुन भन्नेमा एकिन जानकारी हुन सकेको छैन’’, उहाँले भन्नुभयो, ‘‘अस्पतालमा दैनिक फाटफुट रुपमा यस्ता बिरामी उपचारार्थ आउने गरेका छन् ।’’

कैलाली, डोटी, बैतडी र बाजुरालगायत जिल्लाका स्वास्थ्य संस्थामा यस्ता बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । मौसममा आएको परिवर्तन भइरहेको अहिलेको समयमा हरेकले आफ्नो व्यक्तिगत र वातावणरीय सरसफाइमा ध्यान दिन र कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न स्वास्थ्यकर्मीको सल्लाह छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर असार महिना सुरु भएसँगै घट्दै गएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार गएको हप्तामा नमूना परीक्षण गरिएका नौ हजार ८४५ मध्ये १८४ मा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको छ । यो अवधिमा १६५ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ । गएको २४ घण्टामा २० जना सङ्क्रमित थपिँदा १४ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म जम्मा तीन लाख २७ हजार ९४२ को कोरोना भाइरसको नमूना परीक्षण गरिएकोमा ४६ हजार ५८० जनामा सङ्क्रमण देखिएको छ ।

कूल ४५ हजार ९३० सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ । प्रदेशमा गएको वैशाख र जेठ महिनासम्म यो रोगको सङ्क्रमण र मृत्यु हुने दर उच्च थियो । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी सर्वसाधारणको चहलपहल बढ्दा यो रोगको जोखिम यथावत रहेको हो ।

पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपनि धेरै सर्वसाधारणले कोरोना भाइरसको नमूना परीक्षण गराउन डराउन थालेका छन् । नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाले मानसिक तनाब हुने भन्दै धेरै नागरिकले आफ्नो नमूना परीक्षण गराउन नमानेको अहेब भक्तबहादुर विष्ट बताउनुहुन्छ । ‘‘पोजेटिभ नतिजा आउँने मध्ये कतिपयमा डराउने मानसिकता देखिन्छ’’, विष्टले भन्नुभयो, ‘‘बलियो आत्मबल भएकामा भने यस्तो समस्या देखिँदैन ।’’

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • ५६ मिनेट अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • १ hour अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
मुसिकोट नगरपालिकाका मेयर सापकोटाले भने – अब मेयरमा दोहोरिने इच्छा छैन् , पार्टीको जिम्मेवारी लिन्छु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले आगामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका छन् । सिधादृष्टिसंगको क्षंक्षिप्त कुराकानीका क्रम्मा आगाामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका हुन् । नगरप्रमुखको लागि निर्वाचित सापकोटाले अब नेकपा एमालेको जिल्ला अध्यक्ष भएर

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पुर्नगठनको तयारी

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ ।

ललितपुरस्थित च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बस्ने सचिवालय बैठकले नेतृत्व पुनर्गठन गर्न लागेको हो ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय

  • ४ घन्टा अघि