सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्कीलाई आज सार्वजनिक गरिँदै
भर्खरै

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्कीलाई आज सार्वजनिक गरिँदै

  • सिधा दृष्टी आइतवार, भदौ २७, २०७८ | September 12, 2021

काठमाडौं । संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्त लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

उनलाई बिहान १० बजे इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा शंकास्पद केही ब्यक्तिहरुको डीएनए परीक्षण गरिएको थियो । यसरी परीक्षण गरिएको मध्ये लोकबहादुर नै हत्यामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

तेजबहादुर गत सोमबार बिहान खेताला खोज्न निस्किएका

बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

घटनाको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको टोली, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डीएसपी लालध्वज सुवेदीको टोली खटिएको छ ।

गत सोमबार राती मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय