मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सामूहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ
भर्खरै

सामूहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ

  • सिधा दृष्टी शनिबार, भदौ २६, २०७८ | September 11, 2021

दाङमा १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिकाको एक जंगलमा राति तीन जनाको समूहले बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–७, बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।

स्थानीय एक १७ वर्षीया किशोरीलाई यी तीनजना मिलेर राति जंगलमा सामूहिक बलात्कार गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी

कारबाही सुरु गरिएको डीएसपी रिजालले बताए ।

बिहीबार प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरूलाई पक्राउ गरिएको डीएसपी रिजालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय