बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, ९९४ जना संक्रमित थपिए
भर्खरै

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, ९९४ जना संक्रमित थपिए

  • सिधा दृष्टी शनिबार, भदौ २६, २०७८ | September 11, 2021

काठमाडौं । नेपाल पछिल्लो पटक कोरोना संक्रमणदर घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ९सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । १२ जनाको मृत्यु भएको छ ।

कुल ९ हजार ८ सय ४० परीक्षणमा ९ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव १ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म

सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ६२ हजार नौ सय ४६ जना पुगेको छ ।

पछिल्लो पटक एक हजार तीन सय ६८ जना संक्रमणमुक्त भएका छन । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ जना पुगेको छ ।

थप १२ जनाको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या सख्या १० हजार नौ सय ३६ पुगेको छ ।

नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित छन् । चार सय ५६ जनाको आईसीयू र एक सय २२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक ६८ हजार ६ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । नेपालमा पूर्ण खोप लगाउनेको संख्या ५१ लाख ६० हजार ५ सय २४ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय