• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, अशोज २, २०७८ | Saturday 18th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • साताको शेयर बजारः ४२ अर्ब २९ करोडको कारोबार
अर्थनीति

साताको शेयर बजारः ४२ अर्ब २९ करोडको कारोबार

  • सिधा दृष्टी शनिबार, भदौ २६, २०७८ | September 11, 2021

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो । नेप्सेमा उतारचढाव देखिँदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । कुल २३० कम्पनीको आठ करोड ६७ लाख आठ हजार आठ कित्ता शेयर रु ४२ अर्ब

Real Shoes 1

२९ करोड ९८ लाख १९ हजार ५१० मूल्यमा खरिदबिक्री भयो ।

झन्डै रु २२ अर्ब बराबरको कारोबार हुने बजार रु छ अर्ब ६४ करोडको हाराहारीमा सीमित भएको छ । साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । साताको पहिलो दिन नै कारोबार सुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुने क्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो ।

त्यस दिन कारोबार सुरु भएको एक घण्टामा नै झन्डै १०० अङ्कले ओरालो लागेको नेप्से पाँच प्रतिशतभन्दा बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से १०८.२६ ओरालो लागेर दुई हजार ८१८.७२ विन्दुमा ओर्लिएको थियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.७६ विन्दुले घटेर ५२२.०१ मा ओर्लियो । कुल दुई सय २३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता शेयर रु ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुग्यो ।

कारोबार भएका कुल १३ उपसमूहको शेयर नै ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रही रु ७० करोड ३३ लाख ३० हजार दुई सय आठ बराबरको हिसाब देखियो । त्यस दिन झन्डै डेढ दर्जन कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । साताको दोस्रो दिन सोमबार आइतबारको ठीक विपरीत नेप्सेमा उछाल देखियो । कुल ४५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भयो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतामा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गर्नुभएको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको थियो ।

त्यस दिन नेप्से १६१.९४ विन्दुले उकालो लागेर दुई हजार ९८०.७८ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३१.४१ विन्दुले उकालो लागेर ५५३.४० मा पुग्यो । कुल दुई सय २४ कम्पनीको एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता शेयर एक लाख नौ हजार एक सय ८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कुल रु नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कुल १३ उपसमूहको शेयर उकालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार एक सय एक मूल्यमा खरिद–बिक्री भए ।

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक पनि उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्सेमा ४४.१८ विन्दुले ओरालो लागेर दुई हजार ९३६.६० मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ विन्दुले घटेर ५४८.३५ मा ओर्लियो । कुल दुई सय २२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार पाँच सय आठ पटक शेयर कारोबार भए । नेप्सेका अनुसार कुल रु सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो । नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार सानिमा लाइफ इन्सुरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको चौथो दिन बुधबार नेप्से परिसूचक पनि उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ६०.०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ विन्दुले ओरालो लागेर ५३६.५१ मा पुग्यो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घट्यो । कुल दुई सय २५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर रु छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ मूल्यमा खरिद–बिक्री भए । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रह्यो ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो । नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अङ्कले ओरालो लागेर ५३५.२९ मा ओर्लियो । कुल दुई सय ३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार आठ सय ५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार एक सय ७३ बराबर पुगेको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • १ hour अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • १ hour अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
मुसिकोट नगरपालिकाका मेयर सापकोटाले भने – अब मेयरमा दोहोरिने इच्छा छैन् , पार्टीको जिम्मेवारी लिन्छु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले आगामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका छन् । सिधादृष्टिसंगको क्षंक्षिप्त कुराकानीका क्रम्मा आगाामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका हुन् । नगरप्रमुखको लागि निर्वाचित सापकोटाले अब नेकपा एमालेको जिल्ला अध्यक्ष भएर

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पुर्नगठनको तयारी

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ ।

ललितपुरस्थित च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बस्ने सचिवालय बैठकले नेतृत्व पुनर्गठन गर्न लागेको हो ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय

  • ४ घन्टा अघि