चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताउनुभयो ।
उहाँले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख