मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
भर्खरै

एमाले स्थायी कमिटी बैठक बस्दै

  • सिधा दृष्टी शनिबार, भदौ २६, २०७८ | September 11, 2021

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न स्थायी कमिटी बैठक बस्दैछ ।

हिजोका लागि बोलाइएको बैठक संसद बैठकका कारण आजका लागि सारिएको हो । बिहान ९ बजे च्यासल ललितपुरमा बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेले विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा गर्ने तालिका तय गरेको छ । त्यसअघि विधान मस्यौदामाथि छलफल गरेर सुझाव मागिएको छ । स्थायी

कमिटी बैठकले प्रस्तावमाथि छलफल गरेर आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्नेछ ।

एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ । विधान मस्यौदामा प्रस्तावित कतिपय विषय स्थायी कमिटीमा सहमतिका आधारमा हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् ।

आजको बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने सम्भावना छ । माधवकुमार नेपाल छाडेर एमालेमै बसेका नेताहरुको जिम्मेवारी परिभाषित नभएकाले स्थायी कमिटीले यसबारे टुंगो लगाउने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय