बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फरक मत राख्नेविरुद्ध तालिबानले गरेको दमनको राष्ट्रसंघद्वारा निन्दा
भर्खरै

फरक मत राख्नेविरुद्ध तालिबानले गरेको दमनको राष्ट्रसंघद्वारा निन्दा

  • सिधा दृष्टी शनिबार, भदौ २६, २०७८ | September 11, 2021

युयोर्क । संयुक्त राष्ट्रसंघले फरक मत राख्नेविरुद्ध तालिबानको बढ्दो दमनको निन्दा गरेको छ ।

अफगानिस्तानमा तालिबान लडाकुले पछिल्ला केही दिनयता भएका प्रदर्शनमा गोली चलाउंदा चार जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । गत अगष्ट १५ मा अफगानिस्तान कब्जा गरेयता महिला अधिकार र स्वतन्त्रताको माग गर्दै विभिन्न शहरमा दिनहुं जसो प्रदर्शन भैरहेका छन् ।

तालिवान लडाकुले प्रदर्शनकारीमाथि कुटपीट गर्दै गोली समेत चलाएको राष्ट्रसंघको प्रतिवदेनमा उल्लेख छ । राष्ट्रसंघले समाचार संकलन गर्न पुगेका पत्रकारमाथि तालिबानले गरेर निर्मम कुटपीटको पनि आलोचना गरेको छ

तालिबानले भेला जुलुस निकाल्न प्रतिबन्ध लगाएको छ भने काबुलमा इन्टरनेट बन्द गर्न आदेश दिएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले पनि अफगानिस्तानमा पत्रकारविरुद्ध बढ्दो हिंसा प्रति चिन्ता व्यक्त गरेको छ ।

तालिबानले भने भविष्यमा पत्रकारमाथिको दूव्र्यहारका प्रकारको घटनाबाट बच्ने बताएका छन् । यता राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले अफगानिस्तानमा तालिवानको शासन र चरमपन्थीको सम्बन्धलाई लिएर चिन्ता जनाएका छन् ।

हिजो मात्र राष्ट्रसंघको खाद्य कार्यक्रमले अफगानिस्तानका ९३ प्रतिशत जनताले प्रयाप्त खान नपाएको जनाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय