बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि हेरफेर
भर्खरै

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि हेरफेर

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ ।

यसअघि तोकिएको भदौ २३ भित्र वडा अधिवेशन सम्पन्न हुन नसकेपछि कांग्रेसले केन्द्रीय महाधिवेशन र क्षेत्रीय अधिवेशनको मितिबाहेक अन्य तहको अधिवेशनको कार्यतालिकामा हेरफेर गरेको हो । क्रियाशील सदस्यता विवाद रहेका कारण केही जिल्लामा वडा तहको अधिवेशन भइसकेको छैन ।

आज बसेको पदाधिकारी बैठकमा तोकिएको समयमा वडा तहको अधिवेशन सम्पन्न नभएका कारण तालिका हेरफेरको प्रस्ताव गरिएको हो ।

महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशनको तालिका परिवर्तन नहुने गरी, वडा, स्थानीय

तह र जिल्ला अधिवेशनका मिति केही पछाडि धकेल्न प्रस्ताव गर्नुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी नभएको बैठकमा महामन्त्री खड्काले यस्तो प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावअनुसार यही भदौ २७ लागि तोकिएको स्थानीय तहको अधिवेशन असोज ९ गते हुने छ ।

त्यस्तै १ असोजमा हुने भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ मा र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १३ असोजमा हुनेछ ।

एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १६ गते अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । यो प्रस्तावमा केन्द्रीय समितिबाट निर्णय गराएर सर्कुलर गर्ने कांग्रेसको तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय