सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रस्तुत
भर्खरै

१६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रस्तुत

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

काठमाडौँ । नेकपा एमालेका सांसदहरुको नारावाजी र अवरोधका बावजुद संसदले बजेट प्रतिस्थापन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट पेश गरेका हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट पेश गरेको थियो । यससँगै वर्तमान सरकारले अघिल्लो बजेटको तुलनामा १५ अर्ब कम आकारको बजेट पेश गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा ‘आर्थिक अध्यादेश, २०७८ ’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश,

२०७८' र ‘विनियोजन अध्यादेश, २०७८’ पेस गरेका थिए । संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भएको थियो । लगत्तै दोस्रो बैठकमा पनि एमाले सांसदहरुले संसद अवरोध गरे । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई आर्थिक अध्यादेश पेश गर्ने समय दिएका थिए ।

संशोधित बजेटको पूर्णपाठ :

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय