आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ५० वर्षपछि तोडे पेलेको कीर्तिमान
भर्खरै

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ५० वर्षपछि तोडे पेलेको कीर्तिमान

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

काठमाडौं । कप्तान लिओनल मेसीले ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकप फूटबल छनोटमा बोलिभियालाई पराजित गरेको छ ।

आज भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा सबै तीन गोल कप्तान लियोनल मेस्सीले गरे। खेलको १४ औं मिनेटमा मेसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ६४ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २(० को अबस्थामा पुर्‍याए। सहज जित तर्फ अग्रसर हुने क्रममा ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

अर्जेन्टिनाका लागि

सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७९ पुर्याएका छन् । उनी दक्षिण अमेरिकाकै सर्बाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान आफ्नो नाममा सारेका छन् ।

यसअघि यो कीर्तिमान ब्राजिलका सर्वकालीन महान खेलाडी पेलेको नाममा थियो । फुटबलका महान खेलाडी पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । सन् १९७१ देखि कायम पेलेको कीर्तिमान मेसीले आज तोडेका हुन् ।

जितसँगै अर्जेन्टीनाले ८ खेलमा १८ अंक जोडेको छ। अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा रहेको छ। बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ। आज बिहानै भएको दक्षिण अमेरिकी छनोटको अर्को खेलमा ब्राजिलले पेरुमाथि २–० को जित निकालेको छ ।

२४ अंक बनाएको उसले दोस्रो स्थानको अर्जेन्टिनासँग पुनः ६ अंकको अग्रता यथावत राखेको छ । ब्राजिलको जितमा पीएसजीका सुपरस्टार नेइमारको प्रेरणादायी प्रदर्शन रह्यो । उनले एक गोल गरे भने अर्को गोलका लागि पास उपलब्ध गराए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय