आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमाले सांसद द्वारा संसदमै टेबुल तोडफोड
भर्खरै

एमाले सांसद द्वारा संसदमै टेबुल तोडफोड

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

काठमाडौं । नेकपा एमालेका सांसदहरुले संसदमा टेबुल तोडफोड गरेका छन् । सांसदहरुले संसदमा विधेयक टेबुल हुने क्रम चलिरहेका बेला संसदमा टेबुल तोडफोड गरेका हुन् ।

सांसदहरुले पार्टी फुटाउन पाइदैन, संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी समेत गरेका थिए । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी हुँदा टेबल भाँचिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गर्ने क्रममा सांसद र मर्यादापालकबीच घम्साघम्सी भएको हो।

दिउँसो १ बजेबाट सुरु भएको बैठकमा एमाले सांसदहरुले अवरोध गर्दा दुईपटक स्थगित भएको छ। अवरोधकै बीच दुईवटा अध्यादेश पेश भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय