• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, अशोज २, २०७८ | Saturday 18th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना : सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे
भर्खरै

कोरोना : सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

काठमाडौं । भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ ।

तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ ।

भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय सङ्क्रमित ४० हजार ५०० जना थिए भने त्यो सङ्ख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिया सङ्क्रमितको सङ्ख्यामा करिब ३०

Real Shoes 1

प्रतिशतले कमी आएको छ ।

यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा सङ्क्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दुई हजार १२६ जना मात्र थिए ।

यो सङ्ख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र सङ्क्रमित पाइएका छन् ।

यता पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भएका छन् । बिहीबारसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको र निको हुने सङ्ख्या बढेको पाइएको हो ।

नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गराएकामध्ये सङ्क्रमण हुने दरमा कमी आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन् । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको चिकित्सकहरुको भनाइ छ ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि पहिलेको तुलनामा सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच/छ जना मात्र बिरामी यहाँ आउने गरेका छन् । नेपालमा हालै गरिएको एक सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको थियो । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

सरकारको तथ्याङ्कअनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दाे उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ ।

जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

जनस्वास्थ्यविद्हरुले अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले सङ्क्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालै दिनुभएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ । रासस

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • १ hour अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • १ hour अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
मुसिकोट नगरपालिकाका मेयर सापकोटाले भने – अब मेयरमा दोहोरिने इच्छा छैन् , पार्टीको जिम्मेवारी लिन्छु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले आगामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका छन् । सिधादृष्टिसंगको क्षंक्षिप्त कुराकानीका क्रम्मा आगाामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका हुन् । नगरप्रमुखको लागि निर्वाचित सापकोटाले अब नेकपा एमालेको जिल्ला अध्यक्ष भएर

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पुर्नगठनको तयारी

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ ।

ललितपुरस्थित च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बस्ने सचिवालय बैठकले नेतृत्व पुनर्गठन गर्न लागेको हो ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय

  • ५ घन्टा अघि