काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो ।
माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ ।
हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ । १३औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ ।
यसपटक साफमा ५ टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली फाइनल पुग्नेछन् । कोभिडका कारण भुटानले सहभागिता जनाएको छैन भने पाकिस्तान फिफाको प्रतिबन्धमा रहेको छ ।