मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एक दिवसीय क्रिकेट खेल्दै
भर्खरै

नेपालले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एक दिवसीय क्रिकेट खेल्दै

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

काठमाडौं । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । डे नाइट अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह सवा चार बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल १(० ले अघि छ ।

नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा हुनेछ । पीएनजी पनि नेपाललाई हराएर सिरिज बराबरी गर्न चाहन्छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेलमा ओमानसँग भदौ २९ गते प्रतिस्पर्धा गर्नेछ ।

नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते र ओमानसँग असोज ३ गते खेल्नेछ । यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय