शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारीमा सरकार
भर्खरै

आज बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारीमा सरकार

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८–७९ को बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक आज प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ ।

संसद भवन बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक पेश गर्न लागेको हो ।

प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिवेशनको पहिलो दिन बसेको तीन वटै बैठकमा नाराबाजी गरेको थियो । त्यसका बावजुद २३ गतेको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको

सरकारले आज पनि अवरोधका बीच प्रतिस्थापन विधेयक टेबल गर्ने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले कारबाही गरिएका माधव नेपालसहित एकीकृत समाजवादीमा लागेका १४ जना सदनमा उपस्थित भएसम्म बैठक चल्न नदिने अडान लिंदै आएको छ ।

प्रतिस्थापन विधेयकमार्फत् एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न लागिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय