काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपालले घरेलु मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । एसियन कप छनोट प्रतियोगितालाई लक्षित गरेर नेपालले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछ ।
बंगलादेशविरुद्ध आज नेपालको राष्ट्रिय महिला टोलीले दशरथ रंगशालामा डेब्यु गर्नेछ। नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन ।
यस्तै आजै महिला फूटबल टोलीमा विदेशी प्रशिक्षकको समेत डेब्यु हुनेछ । नेपाली टोली पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्ने छ।
एएफसी महिला
एसियन कप२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ। महिला एसियन कप छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । नेपाल समूह एफमा छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।