सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विरोधमा उत्रिएपछि एमाले सांसद संग रिसाए सभामुख
भर्खरै

विरोधमा उत्रिएपछि एमाले सांसद संग रिसाए सभामुख

  • सिधा दृष्टी बुधबार, भदौ २३, २०७८ | September 8, 2021

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् ।

आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् ।उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए । त्यस्तै प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत सभामुख सापकोटाले बताए ।

एमाले सांसदहरुले

सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्को शब्दमा बोलेका थिए । उनले सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिए ।

‘माननीय सदस्यहरु देशमा संविधान छ, कानुन छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उनले भने, ‘फेरि पनि म म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।

सभामुखले भनेको नियमावलीको नियममा सभामुखको आचरणको आलोचना गर्न नहुने विषय छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय