मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
भर्खरै

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • सिधा दृष्टी बुधबार, भदौ २३, २०७८ | September 8, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पिसिआर विधिबाट ९ हजार ७ सय ६७ जना र एन्टिजेनबाट ३६८८ जनाको परीक्षण भएको छ।त्यस्तै दुई हजार १६१ संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८८९ जनाको मृत्यु भएको छ। यस्तै काठमाडौं उपत्यकामा थप ५६८

कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय