काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। ४ बजे सुरु भएको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूले कारबाही गरेका १४ जना सांसदहरूलाई सदनमा प्रवेश गराइएको भन्दै बैठक अवरुद्ध गरेको थियो।
त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। आजको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुनुका साथै शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको थियो।