सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फिफा विश्वकप छनोटमा नेदरल्याण्ड्सको जित
भर्खरै

फिफा विश्वकप छनोटमा नेदरल्याण्ड्सको जित

  • सिधा दृष्टी बुधबार, भदौ २३, २०७८ | September 8, 2021

काठमाडौँ । मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सले विश्वकपको युरापेली छनोटमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोलले पराजित गरेको हो ।

नेदरल्याण्ड्सको जितमा डेपेले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे । डेभी क्लासेनले पहिलो मिनेटमै डच टिमलाई अघि बढाएका थिए ।

गुस तिल र डोनियल मालेनले थप एकएक गोल गर्दै नेदरल्याण्ड्सको ६ गोल पुरा गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा केन्गिज अन्डरले टर्कीका लागि एक गोल फर्काए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय