शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ
भर्खरै

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

  • सिधा दृष्टी बुधबार, भदौ २३, २०७८ | September 8, 2021

काठमाडौं ।अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ । सामाजिक सञ्जालमा ऋचाको श्रीमान दीपेक्षलेले छोरा काखमा लिएको फोटो राखिएको छ ।

‘भिसा गर्ल’, ‘उमा’, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘सुनकेशरी’लगायतका फिल्ममा अभिनय गरिसकेकी ऋचा पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायक सदस्य थिइन् ।

चिकित्सकको सल्लाह अनुसार नै गत साताको यो शोमा उनी उपस्थित भएकी थिइनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय