शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमसीसीको बाहनामा सत्ता गठबन्धनलाई तोड्ने प्रयास भैरहेको प्रचण्डको दाबी
भर्खरै

एमसीसीको बाहनामा सत्ता गठबन्धनलाई तोड्ने प्रयास भैरहेको प्रचण्डको दाबी

  • सिधा दृष्टी बुधबार, भदौ २३, २०७८ | September 8, 2021

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २२औँ स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारे । गठबन्धनलाई बचाएर सकारात्मक रूपमा अघि बढ्न तयार रहेको उनले उल्लेख गरे ।

आफूहरूले गठबन्धनलाई बलियो बनाउन चाहे पनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई

तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप उनले ।उनले माओवादीहरूलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भएकाले सचेत रहनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले नेकपा (एमाले)ले ‘डलर भित्र्याएर पार्टीभित्र गुट–उपगुट बलियो बनाउनु खोजेको’ आरोपसमेत लगाए । उनले सूर्य चिह्न र मदन भण्डारीको नाम प्रयोग गरेर एमाले नेतृत्वले पदका लागि मात्र राजनीति गरेको तर्क गरे ।

एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ता सजिलै रूपान्तरण नहुने अवस्था देखिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय