शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आगलागीमा परि इन्डोनेसियामा ४१ को मृत्यु
भर्खरै

आगलागीमा परि इन्डोनेसियामा ४१ को मृत्यु

  • सिधा दृष्टी बुधबार, भदौ २३, २०७८ | September 8, 2021

काठमाडौँ। इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा भीषण आगलागी भएको छ ।

आज बिहान २ बजेतिर टाङेर्‍याङ जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी सुतिरहेका बेला आगलागी भएको जनाइएको छ । आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो ।घटनामा दर्जनौं घाइते भएका छन् । आगलागीको कारण खुलेको छैन । तथापि विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने इन्डोनेसियाली सुधार संस्थाहरुका प्रवक्ताले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय