सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गर्भपतन अपराध नभएको मेक्सिकोमा सर्वोच्च अदालतको ठहर
भर्खरै

गर्भपतन अपराध नभएको मेक्सिकोमा सर्वोच्च अदालतको ठहर

  • सिधा दृष्टी बुधबार, भदौ २३, २०७८ | September 8, 2021

मेक्सिको । मेक्सिकोमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै गर्भपतन अपराध नभएको ठहर गरेको छ ।

गर्भपतन गराएकालाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको हो ।

उत्तरी राज्य कोहुइलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्नेछ ।

सर्वोच्चका न्यायाधीश लुइ मारीया याग्वीलरले उक्त कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरे।

सर्वसम्मत गरिएको फैसलामा अदालतले कोहुइलामा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिंदै आफ्नो आपराधिक संहिताबाट गर्भपतन सम्बन्धी प्रतिबन्ध हटाउन आदेश जारी

गरेको छ ।

गर्भपतन गराएका कारण जेल पठाइएका महिलालाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ ।

बलात्कारका घटना वा आमाको जीवन खतरामा रहेको अवस्था बाहेक हाल त्यहाँ केही राज्यमा मात्रै गर्भपतनलाई कानूनी मान्यता दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय