बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संखुवासभा हत्या प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान
भर्खरै

संखुवासभा हत्या प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान

  • सिधा दृष्टी मङ्लबार, भदौ २२, २०७८ | September 7, 2021

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको हत्या भएको घटनाको धरानबाट गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ ।

सङ्घीय प्रहरी एकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा सोमबार राति घटनास्थल पुगेको टोलीले आज अनुसन्धान थालेको हो ।

सोमबार राति भारी वर्षा भएकाले कुकुरको प्रयोग प्रभावकारी नहुने ठानिएको छ । शव यत्रतत्र छरिएकाले लखेटीलखेटी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।दाहालको नेतृत्वमा टोलीमा रिजनल इन्भेस्टिकेसन टिम र तालिम प्राप्त ट्रयाकर डग पिकु र लैलालाई पनि लगेको छ

। आजै घटनास्थलको अनुसन्धान सकेर शव उठाउने तयारी प्रहरीको छ ।

सोमबार बिहान मादी नगरपालिका(१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय