बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना
भर्खरै

आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • सिधा दृष्टी मङ्लबार, भदौ २२, २०७८ | September 7, 2021

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरैतथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि

मध्यम वर्षाको सम्भावना छ ।

आजको भन्दा भोलि र पर्सि कम पानी पर्ने देखिएको पनि उहाँले जानकारी दिनुभयो । मनसुन चलिरहेकाले दिउँसोभन्दा राति धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय