सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सभामुख साकोटाविरुद्ध खनिए एमाले अध्यक्ष ओली
भर्खरै

सभामुख साकोटाविरुद्ध खनिए एमाले अध्यक्ष ओली

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले पर्सिदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि प्रश्न उठाउने भएको छ ।

सभामुख सापकोटा एमाले विभाजनको षड्यन्त्रमा समेल भएको भन्दै अध्यक्ष ओलीले उनले सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने बताए । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नै पर्नेहुन्छ, अग्निप्रसाद सापकोटा सभामुखको हो कि गठबन्धनको प्यादा ?’प्रमुख प्रतिपक्षी पार्टी फटाउने षड्यन्त्रमा सामेल भएको र उनले निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गर्न नसक्ने ओलीले बताए ।

सभामुखको

कुर्सीमा बसेर सापकोटाले संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भनेको भन्दै ओलीले अघि भने, ‘कुनै महत्व थाहा छैन, त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ । कस्तो दुर्भाग्य यो देशको, लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो । त्यो सिस्टमको टुप्पा टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन् ?’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय